निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटउपर आज (मंगलबार) पेसी तोकिएको छ । हिजो सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आजका लागि पेसी तोकिएको हो ।

सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलारलाई तोकिएको जानकारी दिए । प्रवक्ता पौडेलले भने, ‘प्रारम्भिक सुनुवाइ आज (मंगलबार) हुनेछ ।’

सरकारले गभर्नरमाथि गोप्य सूचना चुहाएकोलगायतका आरोप लगाउँदै गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *