माधव नेपाल सहित १४ सांसदविरुद्धको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं। माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो ।

मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *