सर्वोच्च अदालतमा आजबाट संवैधानिक इजलास बस्दै

काठमाडौँ — लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि सुरु हुँदैछ ।

कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।

सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर संविधानमा नै प्रधानन्यायाधीशले न्यायपरिषदको सिफारिसमा अरु न्यायाधीश तोक्ने भन्ने व्यवस्था भएकाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशको टुंगो लगाउन गोला प्रक्रियामा जानु पर्दैन ।

यसअघि नै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनसँगको प्रतिवद्धताका क्रममा बरिष्ठताक्रम अनुसार संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *