स्थानीय चुनाव मितिविरूद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं ! सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ।
यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भङ्गाहा नगरपालिका-२ का सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले आदेश दिएको छ।

सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन मिति तोकेको थियो।
साहले आफ्नो नगरपालिका प्रमुखको पाँच वर्षे कार्यकाल घटाउने गरी सरकारले निर्वाचन मिति घोषणा गरेको भन्दै रिट दर्ता गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *