माधव नेपाल सहितका १४ सांसदको मुदा आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा (एमाले) ले माधव नेपालसहित १४ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पदमुक्त गरेको तर सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भनेर सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दा आज (आईतबार) न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भनिएको छ । पछिल्लो समय एमालेले यही विषयलाई लिएर संसद्समेत अवरुद्ध गरिरहेको छ। आज उक्त मुद्दामा आदेश आए संसद्को गतिरोधसमेत हट्ने जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *