स्थानिय चुनाब रोक्न सर्वोच्चमा पुगेको निवेदन खारेज

काठमाडौं ! आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्ध जनप्रतिनिधिले पेश गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले आगामी वैशाख ३० गते निर्वाचन गर्दा संविधानले तोके अनुसार आफूहरुको कार्यकाल पाँच वर्ष पूरा नहुने भन्दै सरकारको निर्णय खारेजीको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले त्यो निवेदन दर्ता गर्नकै लागि योग्य नभएको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *