संसद भवनभित्र पत्रकारलाई निषेध

काठमाडौं -सरकारले संसद बैठकको भौतिक उपस्थितिमा रिर्पोटिङ गर्न पत्रकारहरुलाई रोक लगाउने भएको छ ।
कोरोना संक्रमणलाई कारण देखाएर प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने पाण्डेले बताउनुभयो । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने पाण्डेको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
संसद सचिवालयले युट्युव मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारहरूले रिपोर्टिङ गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *