पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान

काठमाडौं । नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ ।

ललितपुरको गोदावरीमा आज आयोजित विशेष कार्यक्रममा नेकपा एमालेले भण्डारीलाई सम्मान गरिएको हो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भण्डारीलाई सम्मान गर्नु भएको छ।