काठमाडौँ । संघीय संसद् अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ ।