आज संविधान दिवस देशभर मनाइँदै

काठमाडौं ! आज संविधान दिवस देशभर विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

आज बिहान नेकपा एमालेले राष्ट्रिय झण्डासहित नेशनल सेल्फी कार्यक्रम गर्दैछ। उक्त कार्यक्रम नक्सालमा हुनेछ भने कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *