संवैधानिक परिषदको बैठक मंगलबार बस्दै

काठमाडौं ! प्रधानमन्त्री एवं संवैधानिक परिषद्‌का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्‌को बैठक बोलाएका छन् ।

मंगलवार अपरान्ह ४ बजेका लागि संवैधानिक परिषद्‌को बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले आजमात्रै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अवकाशमा जाने भएपछि रिक्त पदमा सिफारिस गर्नका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *