डा.सन्दुक रुइतको अभियानमा हातेमालो गर्दै उद्योग मन्त्रालयले प्रतिष्ठानलाई गर्‍यो २ करोड सहयोग

काठमाडौं ! डा.सन्दुक रुइतको अभियानलाई सहयोग स्वरुप नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) बिच नेपाल आँखा कार्यक्रमको IOL (इन्ट्रा अर्कलर लेन्स) उत्पादन हेटौंडामा स्थानान्तरणका लागि पक्की भवन निर्माण अनुदान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। मन्त्रालयमा भएको उक्त कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको समुपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव बाबुराम गौतम र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर सम्झौता गर्नुभएको थियो।

उक्त सम्झौता अनुरुप प्रतिष्ठानले उत्पादन विभाग स्थापनाका लागि बजेट खर्च गर्दा प्रचलित कानुनको अधिनमा रहि खर्च गर्ने गरि मन्त्रालयले प्रतिष्ठानको नाममा दुई करोड रुपैयाँ पक्की भवन निर्माणका लागि अनुदान सहयोग निकासा गर्ने जनाइएको छ । मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा मन्त्रालय र प्रतिष्ठानबिच विभिन्न बुंदाहरुमा सम्झौता भएको छ।

उक्त अवसरमा बोल्दै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हालको सहयोग बजेट थोरै भएपनि भावनात्मक रुपमा यस्तो महत्त्वपूर्ण संस्थालाई सहयोग गर्न पाउँदा गर्व महसुस भएको बनाउनुभयो। उहाँले यो रकमलाई प्रतिष्ठानले सहि रुपमा सदुपयोग गरेको खण्डमा फेरि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आँखा जस्तो महत्त्वपूर्ण तत्वका लागि सहयोग गर्न पाउनु आफैंमा गौरवको बिसय भएको जनाउनु भएको छ । मन्त्री भण्डारीले सेवा प्रवाह गरेर प्रतिष्ठानलाई अझ उचो बनाउनपनि अपिल गर्नुभयो साथै आगामी दिनहरुमा पनि मन्त्रालयले आवस्यक सहयोग गरिरहने बाचा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *