अर्थ सचिव कृष्णहरि पुष्करले सम्हाले कार्यभार

काठमाडौं ! अर्थ मन्त्रालयका नव नियुक्त सचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन्। उनलाई राजस्व सचिव डा. राम प्रसाद घिमिरे लगायत मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्दै अर्थ सचिव कृष्णहरि पुष्करले पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्दता जनाएका छन् । उनले कार्यभार सम्हालेपछि सम्क्षिप्त मन्तब्य राख्दै अर्थतन्त्रका चुनौतीलाई लडेर भिडेर समाधान गर्ने,  सबै क्षेत्रसँग सहकार्य गर्दै बजेट कार्यान्वयनमा लागि पर्ने  र  क्यापिटल मार्केटका समस्या व्यवस्थापन गर्ने प्रतिवद्दता जनाएका हुन्।

अर्थ सचिव नेपाल राज्स्त्र बैंकको पदेन संचालक समेत रहने व्यवस्था छ ।

उनी यस अघि पनि अर्थ मन्त्रालयको सचिव भईसकेका छन् । उनी २०७९ साउनमा अर्थ सचिव बनेका थिए । बजेट विवादमा अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा कृष्णहरि पुष्करलाई अर्थसचिव बनेका थिए। तर  २०७९ पुसमा सरुवा भएका थिए। त्यसपछि तोयम राया अर्थ सचिव बनेका थिए । ४ महिनापछि अर्थात् २०८० वैशाखमा रायाको पनि सरुवा भएको थियो। रायापछि २०८० बैशाखमा अर्जनु पोखरेल सचिव नियुक्त भएका थिए। उनी पनि ४ महिना मै सरुवा भएर उनको स्थानमा कृष्णहरि पुस्कर आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *