हिन्दुधर्म र संस्कृत संरक्षणमा ज्ञान महायज्ञको महत्वपूर्ण योगदानः सभामुख घिमिरे

झापा- सभामुख देवराज घिमिरेले हिन्दुधर्म र संस्कृतको संरक्षणले समाजमा आचरण, आध्यामिक विकाससंगै समाज रुपाणतरणमा सहयोग पुर्‍याउने बताउनु भएको छ ।

सिद्धेश्वर शिवालय मन्दिरले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कलशयात्राका क्रममा बोल्दै सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो ।

जनताको सेवा, समाजलाई अघि बढाउनको लागि पनि आयोजित ज्ञान महायज्ञले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । कन्काई नगरपालिका एक काँशीचोकमा हिजो १९ गतेबाट सुरु भएको ज्ञान महायज्ञ २६ गते अनुष्ठान, हवन, व्रतवन्ध, पूर्णाहुती सहित सम्पन्न हुनेछ ।