नागरिकता विधेयक प्रमाणीकरणका बिषयमा सभामुख घिमिरेद्वारा पूर्व सभामुखसँग छलफल

काठमाडौं ! सभामुख  देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा आज पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्नुभएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी हुनुभएको थियो । उहाँहरुले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ । पक्ष÷विपक्षमा राजनीतिक दलहरुले नै बहस गर्ने बताउँदै उहाँहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरुसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्रा.डा. भरतबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरुपण सर्वोच्च अदालतले गर्ने उल्लेख गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *