राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना कम्बोडिया प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गर्नु भएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *