सभामुखको अधिकार कटौतीको चौतर्फी विरोध : विपक्षमा उभिए पूर्वसभामुख ढुंगानापनि

काठमाडौं– सभामुखको अधिकार कटौतीको विरोधमा पूर्वसभामुख दमननाथ ढुंगाना पनि उभिएका छन् ।

ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने पनि जनाएका छन् । ‘सभामुख एउटा पार्टीको भयो, अर्को पार्टीलाई सभामुखको अधिकार कस्नु पर्‍यो, फेरि अर्को पार्टीको होला , सभामुखको अधिकार फराकिलो पार्नुपर्‍यो,’ ढुंगानाले ट्वीट गरेका छन्, ‘यस्तो सोचसमझ व्यवहारबाट लोकतन्त्र कहिले संस्थागत होला ?’

प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ ।

सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र होइन राष्ट्रि सभाका सांसदहरु समेत उभिएका छन् । राष्ट्रि सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गरेका छन् । त्यसैगरी जनस्तरबाट पनि सामाजिक संजालमा सभामुखको अधिकार कटौतीको बिषयप्रति आक्रोश व्यक्त हुन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *