सभामुख घिमिरे र पत्रकार महासंघका पदाधिकारीबिच छलफल

काठमाडौं ! सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धि विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको छ । भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताउनुभयो । उहाँले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *