सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार साँझ स्वदेश फर्किनु भएको छ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४६औँ महासभामा सहभागी हुन उहाँ बहराइन जानूभएको थियो।

सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गर्नुभएको थियो। त्यस्तै, उहाँले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग पनि भेटवार्ता गर्नुभएको थियो। बहराइनका सभामुखलगायत अन्य प्रतिनिधिहरुसँगको भेटमा नेपालको कामदार र व्यापार विस्तार एवं द्दिपक्षिय सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको सभामुख घिमिरेले बताउनुभयो।

सभामुख घिमिरेले बहराइनमा रहँदा नेपाली श्रमिकहरुका गुनासा सुन्नुका साथै नेपाली नियोगमा पुगि नेपाली श्रमिकहरुका प्रतिनिधिहरु सँग अन्तरक्रिया गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *