सभामुख घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नु हुने

​​​​​​​काठमाडौँ । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने हुनुभएको छ ।गत ५ माघमा सभामुख चयन भए पनि वासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएका सभामुख घिमिरे मन्त्रिपरिषद्को निर्णयसँगै बालुवाटारमा सर्ने हुनुभएको हो।

”सोमवारको मन्त्रिपरिषद् बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ, आवश्यक प्रक्रिया पुरा भएपछि र रङ्गरोगनको काम सकिएपछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ”, घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भन्नुभयो ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आउनुभएका छ। मन्त्रिपरिषद्को निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट बाहिर जानुहुनेछ भने उहाँ पुरानै आफ्नै भवनमा बस्नुहुन्छ वा यसअघि सभामुख बस्दै आउनुभएको लैनचौरस्थितमा भवनमा जानुहुनेछ, त्यो भने निक्यौल भइसकेको छैन ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारका पालामा मुख्यसचिवले प्रयोग गर्दै आउनुभएको बालुवाटारस्थित सरकारी निवासमा सर्नुपरेको थियो भने तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा थुनामा गएपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सर्नुभएको थियो भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, महरा थुनापछि रिक्त रहेको भवनमा अध्यक्ष तिमिल्सिना बसिरहनुभएका कारण त्यसपछि निर्वाचित भएर आउनुभएका सभामुख अग्निप्रसाद सापकोटा भने बालुवाटारस्थित सरकारी निवासमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आउनुभएको थियो । हाल उहाँ त्यहाँबाट सरेपछि सभामुख घिमिरे बालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्योल थियो तर गत सोमवारको मन्त्रिपरिषद् बैठकले निर्णय लिएपछि उहाँ अब बालुवाटार नै जानुहुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *