नवनियुक्त सभामुख देवराज घिमिरेले लिए सपथ

काठमाडौं– नवनियुक्त सभामुख देवराज घिमिरेले सपथ लिएका छन्।

उनले शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सपथ समारोहमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिलाइन्। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *