सभामुख पदका लागि मतदान प्रक्रिया शुरु

काठमाडौं : प्रतिनिधिसभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ।

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन्।

घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रश्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्। २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *