सभामुखमा जसपाको समर्थन देवराज घिमिरेलाई

काठमाडौं– जनता समाजवादी पार्टीले सभामुखमा देवराज घिमिरेलाई समर्थन गरेको छ। सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै जसपाका सांसद प्रकाश अधिकारीले पार्टीको समर्थन खुलाएका हुन्।

उनले घिमिरेले निष्पक्ष भूमिका खेल्ने अपेक्षा गरे। ‘मुलुकलाई अग्रगामी परिवर्तन र अग्रमागी दिशातिर लिएर लैजानेतर्फ दह्रो विकास हुनेछ। प्रयास रहनेछ। त्यही अपेक्षासहित जसपाको तर्फबाट म यहाँ व्यक्त गर्न चाहन्छु, उहाँलाई हाम्रो समर्थन रहन्छ’, उनले भने।

बिहीबार प्रतिनधि सभाको सभामुखका लागि निर्वाचन हुँदैछ। एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *