देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः राजेन्द्र लिङ्देन

काठमाडौं ! उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घिमिरे सभामुख पदको सुयोग्य पात्र भएको दाबी गरे । उनले संसद्को निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए ।

उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदका लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ, उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *