आज सभामुखको निर्वाचन हुँदै, एमाले नेता घिमिरे विजयी हुने पक्का

काठमाडौं । आज प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन हुँदैछ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ ।

लगत्तै बैठकले सभामुख चयनका लागि प्रस्ताव पेश गर्ने जनइएकोे छ । सभामुखको उम्मेदवारमा २ जनाको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।

बुधबार प्रकाशन गरेको नामावली अनुसार सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट इश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

देवराजलाई सत्ता गठबन्धनको समर्थन छ भने उता ईश्वरीलाई नेपाली काँग्रेस एकीकृत समाजवादी र लोसपा सांसदहरुको समर्थन रहने छ ।

देवराज र ईश्वरीको प्रतिस्पर्धामा देवराजको सभामुख बन्ने सम्भावन धेरै छ । किनकी उनको पक्षमा बहुमत जुट्ने लगभग निश्चित छ ।

एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ। जबकी संसदमा बहुमत प्राप्त गर्नका लागि १ सय ३८ मत मात्रै भए पुग्छ ।

सत्ता गठबन्धनकै दलहरु जसपा जसको १२ सिट छ । ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा अझै अतिरिक्त २२ सिट थपिन सक्छ । तर यी दलहरु मन्त्रिपरिषद विस्तारका क्रममा असन्तुष्ट छन् ।

यी दलहरु काँग्रेसको कित्तामै गएपनि ईश्वरीको पक्षमा बहुमत भने पुग्ने अवस्था छैन । यदी सत्ता पक्षकै सांसदले फ्लोर क्रस गरेको अवस्थामा मात्रै ईश्वरीलाई बुहमत जुट्छ । जो आजको निर्वाचनमा असम्भव जस्तै हो ।

हालको प्रतिनिधिसभामा २७५ जना सांसद रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *