सुदूरपश्चिम प्रदेशमा सभामुख आज चयन हुँदै

काठमाडौं ! सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए।

सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *