जनताको घरदैलोमा निरन्तर सांसद राना : निर्वाचन क्षेत्रका जनतासँग साक्षात्कार र विकासे योजनहरुको अनुगमन(तस्वीर सहित)

काठमाडौं ! पुर्वमन्त्री एवं प्रतिनिधिसभा कैलाली क्षेत्र न.५ का सांसद नारदमुनी रानाले आफ्नो निर्वाचन क्षेत्रमा भैरहेका बिकासे कामहरुको निरिक्षण गर्नुभएको छ। आफ्नो पहलमा आएको बजेटको सहि सदुपयोग भए नभएको,निर्माणाधीन बिकासे कामहरुले गति पाएको वा नपाएको,जनतामा के कस्ता समस्याहरु रहेको यी सबै कुराहरुलाई मध्यनजर गर्दै जनताको घरदैलोमा अनुगमनको लागि निस्किनु भएको जनाइएको छ।

उहाँ निर्वाचित भैसकेको करीब ४ बर्ष भैसकेको छ।यो अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा करोडौको बिकासे बजेट पार्नुभएका सांसद रानाले प्रस्तावित बजेटको सहि सदुपयोग भएको वा नभएको भन्दै निरन्तर अनुगमनमा पनि गरि रहनुभएको छ।उहाँसगै त्यस क्षेत्रबाट प्रदेशसभा सांसद नेपालु चौधरी लगाएत स्थानिय नेता कार्यकर्तापनि अनुगमनमा रहनुभएको थियो।

आफु बाट पहल हुदै आएका जनताको तटबन्ध अन्तर्गत निर्माण भएका, निर्माणाधिन र निर्माण हुने साथै तत्काल बाढी पहिरोले प्रभाव पारेका निम्न बमोजिमका स्थानहरुको अनुगमन माननीय नारदमुनी राना र माननीय नेपालु चौधरी ज्यु साथै जनताका तटबन्धका इन्जिनियर कमल सिह महत , इन्जिनियर करुणाकर पन्त लगायत स्थानीय अगुवाको नेतृत्वमा अनुगमन , निरिक्षण भएको छ ।अनुगमन गरिएका स्थानहरुमा धनगढी उपमहानगरपालिका ७ खुटिया पुल -१७५ मि तटबन्ध आवश्यक सर्वे भैसकेको, धनगढी उपमहानगरपालिका १५ तरबरिया टोल ५२० मि तटबन्ध सर्बे हुदै गरेको, खुटिया नदि धनचौरी १ किमि सर्वे हुदै गरेको, मुर्कुटी १ किमि, मुक्त कमैया शिबिर उत्तर खैरेनी ५२० मि. सर्वे हुदै गरेको, अर्जुन टोल १७५ मि सर्वे हुदै गरेको, खुटिया टोल निर्माण सहित सर्वे भैसकेको स्थान, एच र बि गाउँ बीच मोहना नदिमा निर्माण भएको र निर्माण गर्नु पर्ने र थप आवश्यक रहेको स्थानहरुको अनुगमन/निरिक्षण गर्नुभएको छ साथै उक्त अनुगमनमा रहने सरकारी अधिकारीहरुलाई जनतासग जोडिएका यी कामहरुलाई कुनै बहानामा ढिलासुस्ती नगर्न र समयमै काम सम्पन्न गर्न निर्देशनपनि दिनुभएको छ।                      

Leave a Reply

Your email address will not be published. Required fields are marked *