नेपालको संसदीय समिति र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

काठमाडौं ! बंगलादेश भ्रमणमा रहेका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेका छन्। समितिकी सभापति पवित्रा खरेल निरौला नेतृत्वको आठ सदस्यीय टोलीले शुक्रबार ढाकामा त्यहाँकी प्रधानमन्त्रीसँग भेट गरेको हो।

उक्त भेटवार्तामा नेपाल र बंगलादेशबीच द्विपक्षीय सहकार्य र आर्थिक सम्बन्ध बढाउने विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। नेपाली सांसदसँगको भेटमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको योगदान र सहयोगको गरिन्। नेपाल र बंगलादेशबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेकोमा उनले खुसी व्यक्त गरिन्।

प्रधानमन्त्री हसिनाले दुई देशबीच व्यापार, ऊर्जा, पर्यटन, शिक्षा र जनता–जनता सम्पर्कका क्षेत्रमा हाल रहेका सम्भावनाको चर्चा गर्दै बीबीआईएन फ्रेमवर्क अन्तर्गत सहयोगको जोड दिइन्।

नेपालको तर्फबाट भ्रमण टोलीमा सांसदहरु डा. चाँदतारा कुमारी, डा. दीपक प्रकाश भट्ट, देवप्रसाद तिमिल्सिना, लीलादेवी सिटौला, नारदमुनि राना, सरला कुमारी यादव र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल सहभागी थिए। संसदीय टोली ३ देखि ६ अगस्टसम्म बंगलादेश भ्रमणमा छ। टोलीले भ्रमण सकेर आज स्वदेश फर्किदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *