सांसद भट्टराईद्रारा माझी समुदायलाइ न्यानो कपडा वितरण (तस्वीरसहित)

काठमाडौं ! खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सुनकोशी किनारमा बसोबास गर्नुहुने खोटाङको रसुवाघाटदेखि गोडेलीघाटसम्मका माझी परिवारलाइ न्यानो कपडा(कम्पल आदि) बितरण गर्नुभएको छ।

कोशीको सिरेटो चल्ने यो ठाउँका बृद्धबृद्धा र केटाकेटीहरुलाइ न्यानो कपडा वितरण गर्दै सांसद भट्टराईले भन्नुभयो-“यो काम सानो देखिएपनि जाडोमा गरिब परिवारले न्यानो महसुस गर्न पाउनेगरी थोरै भएपनि राहत पाउनु वा उहाँहरुले आफ्नो शरिरलाई जाडोबाट बचेको महसुस गर्नुभएको छ,यसले ठूलो अर्थ लाग्छ।”                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *