काठमाडौं ! दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् ।
सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् ।
सो शाखाका अनुसार उत्तीर्ण भएकाहरू पनि अब स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन् र उनीहरू रोजगारदाताको छनोटपछि दक्षिण कोरिया जान पाउने छन् ।