वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गर्‍यो आफ्ना सय दिनका उपलब्धिहरु

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ कार्यसमिति गठन भएपछिको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया गरी सय दिनमा भएका २२ वटा उपलब्धी सार्वजनिक गरेको हो । संघको कार्यकाल २ वर्षको रहने व्यवस्था अनुसार आगामी २१ महिनामा २१ वटै विशेष काम गर्ने गरी कार्ययोजनासमेत बनाइएको अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

वार्षिक १०० जना कामदार नपाठाए ईजाजत नवीकरण नहुने व्यवस्था अन्त्य गर्न वर्तमान कार्यसमितिले निरन्तर पहल गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘संघको निरन्तर प्रयासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयवाट यो व्यवस्था खारेज गर्न कानून मन्त्रालयको राय माग गरि पक्रिया अघि वढाइएको छ,’ अध्यक्ष भण्डारीले भने । त्यस्तै सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा मागपत्र पेश गरिएको, मागपत्र प्रमाणीकरण सम्वन्धि समस्या समाधान गर्न पहल, पटक पटक विज्ञापन गर्नुपर्ने व्यवस्थाको अन्त्य, वैदेशिक रोजगार व्यवसाय कोष संचालन सम्बन्धी मापदण्ड २०७९, नेपाल स्थित साउदी अरबको दुतावाससंग सम्वन्धित समस्या समाधान गर्न पहल, मलेसियाका समस्याबारे मलेसियन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको विषयलाई संघले उपलब्धीका रुपमा सार्वजनिक गरेको हो ।

त्यस्तै व्यवसायीका समस्या समाधान गर्न संघले विभिन्न समिति गठन गरेको छ । डिक बहादुर खत्रीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समन्वय समिति, सन्जु गुरुङको संयोजकत्वमा वैदेशिक रोजगार विभाग, अपराध अनुसन्धान महाशाखा, अध्यागमन विभाग, काठमाडौ कार्यालय ताहाचल समस्या समाधान समिति गठन भएको छ । कर्णराज कटुवालको संयोजकत्वमा वैदेशिक रोजगार विभाग समन्वय समिति, रोशन कटुवालको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप समिति गठन गरिएको छ ।

त्यस्तै व्यवसायी उपर परेका उजुरी फर फारक, ऐन कानून संसोधन सम्वन्धमा सुझाव पेस, आर्थिक वर्ष २०८०/८१ को वजेटमा संवोधन गर्न पर्ने वैदेशिक रोजगारसंग सम्वन्धित विषयमा अर्थ र श्रम मन्त्रीसँग भेटघाट र माग पत्र पेस, व्यवसायीलाई क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम, मलेसियाको मागपत्र प्रमाणीकरण गर्दा अतिरिक्त समय ओभर टाइम उल्लेख गर्ने समस्या समाधानमा पहल, KDN Expixe सम्वन्धि समस्याको समाधान, सामाजिक सुरक्षा कोषसंग सम्वन्धित समस्या गुनासो संवोधन, विरामी व्यवसायीलाई आर्थिक सहायता प्रदान, विदेशमा मुत्यु भएका व्यवसायीको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण, क्यालेण्डर प्रकाशन, मलेशियामा कार्यरत कामदारको समस्या समाधान, साउदी अरवस्थित नेपाली दुतावाशसंग जुम बैठक गरि कामदारको समस्या समाधान, साउदी अरवको मागपत्र प्रमाणीकरण र व्यवसायीका समस्या समाधान गर्न पहल, कुवेत मुलुकमा रहेको नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण, जापान कामदार पठाउन सूचीकरण लगायतका क्षेत्रमा संघले सक्रियताका साथ काम गर्न सफल भएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

त्यसैगरी संघको भावी नीति तथा कार्यक्रमहरुमा सेवा शुल्क परिमार्जन (वृद्धि) गराउने, छुटाछुटै ईजाजत लिन पर्ने व्यवस्था अन्त्य गराउने, (३) वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालनमा ल्याउने, वैदेशिक रोजगार सूचना प्रणालीका समस्या समाधान गर्ने, १०० जना कामदार नपठाए ईजाजत नवीकरण नहुने व्यवस्था खारेज गर्ने, व्यवसायीले व्यवसाय गर्न नपाउने व्यवस्था अन्त्य गर्न पहल गर्ने, विद्यमान ऐन तथा कानुनलाई समय सापेक्ष परिमार्जन गर्न पहल गर्नेे, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गर्ने , पूर्व स्वीकृति र अन्तिम स्वीकृति सम्वन्धि समस्या समाधान गर्ने, मन्त्रालयको सहमति, सरोकारवालाको सुझावको आधारमा तलव तोक्ने व्यवस्था गर्ने छन् । माग पत्र प्रमाणीकरणमा डिमान्ड एटेन्सन सहजता, श्रम सहचारीको भूमिका सशक्त बनाउने, विदेशमा कानूनी सहायता उपलव्ध गराउन पहल गर्ने, रोजगारदाता मुलुकमा रोजगार मेला गर्ने, रोजगारीको नया“ गन्तव्य खोज्ने, २ वर्ष शेयर बेच्न नपाउने व्यस्था हटाउन पहल गर्ने, व्यवसायीलाई स्वास्थ्य सेवा दिन अस्पतालहरुसंग सहकार्य गर्ने, कामदार तथा श्रमिक अस्पताल खोल्न पहल गर्ने, श्रम तथा रोजगार वैंक खोल्न पहल गर्ने, सिप सिकाउन तालिम केन्द्र खोली सिप सिकाई दक्ष कामदार पठाउन पहल गर्ने, संघको भवन निर्माण गर्ने योजना संघले लिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थीत, मर्यादित र कामदारको सुरक्षाका निम्ती संघले सक्रियताका साथ काम गरिरहेको प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले बताए ।

नेपालमा अहिलेसम्म १ हजार ६ सय वटा कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय गर्ने ईजाजत दिइएको छ । केही कम्पनी एकआपसमा मर्ज भएका र केही कम्पनी कारवाहीमा परि खारेज भएको बताइएको छ । केही कम्पनीले ईजाजत नविकरण नगराएकाले केहि व्यवसायीले स्वेच्छाले कम्पनी वन्द गरेकाले अहिले करिब ९ सय वटा कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा रहेको संघले जनाएको छ । संंचालनमा रहेका कम्पनीमा करिव १० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पचास हजारले रोजगारी पाइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *