एजेन्सी । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् ।
ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ ।
त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट विरामी भएका छन् ।
मङ्कीपक्सका विरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।