अविरल बर्षाले सुदूरपश्चिमको पहाडी जिल्ला भित्रिने राजमार्ग भासियो

काठमाडौं ! सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला भित्रिने मुख्य राजमार्ग भासिएको छ । प्रदेशको कैलाली र कञ्चनपुरबाट ७ पहाडी जिल्ला जाने राजमार्गको कैलालीको खानिडाँडादेखि बुढितोला खण्ड भासिएको हो ।

सोमबार रातिदेखि अविरल परेको वर्षासँगै आएको बाढी र पहिरोले राजमार्ग भासिएर राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अवरोध भएको सडक खुलाउन प्रहरीले आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *