थानकोट-चित्लाङ सडकखण्ड संचालनमा

काठमाडौं ! थानकोट-चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन संचालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो ।

काठमाडौंको बल्खुबाट हेटौंडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन संचालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौंडातर्फको यातायात संचालनमा ल्याइएको थियो ।

भीमफेदी-कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनलाई चित्लाङ-थानकोट सडक भएर संचालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताए ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौं एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो संचालनमा ल्याइएको उनले जानकारी दिए ।

काठमाडौंको बल्खुबाट हेटौंडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट-चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म संचालनमा ल्याउने र हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई संचालनमा निरन्तरता दिइने छ ।

काठमाडौंबाट हेटौंडा र हेटौंडाबाट काठमाडौंतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक संचालन हुने गरेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *