बल्ल खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

काठमाण्डौ ! मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले आग्रह गर्नु भएको हो ।

गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् ।  चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि  पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो ।  अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको  ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *