नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी खुला

काठमाण्डाै !  नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ ।

बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड खुले पनि नुवाकोटको तीनपिप्ले–पाँचमाने सडक खण्ड भने बन्द नै छ । यो सडक खण्डमा पनि बिहान ढुङ्गा खसेपछि अवरुद्ध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *