रास्वपाको दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुको लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम दोस्रो दिन पनि सुरु भएको छ।

योग–ध्यान कक्षासँगै दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सुरु गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रम आज सक्ने तयारी छ। रास्वपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै कार्यक्रम समापन हुने छ।

अभिमुखीकरण कार्यक्रमको रास्वपाका उपभासपतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेले मंगलबार घण्टी बजाएर उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने भनिएको थियो। तर, वरिष्ठ नेता शाह भने हिजोको कार्यक्रममा उपस्थित भएनन्।

उनी स्वास्थ्यको कारण कार्यक्रममा सहभागी नभएको बताइएको छ। हिजोको कार्यक्रममा सभापति लामिछाने पनि सहभागी भएका थिएनन्।

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसद सहभागी छन्। रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सिट जितेको छ।

आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागि यो कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइएको रास्वपाले जनाएको छ।