काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले बताए।
समानुपातिक सांसदको सूची निर्वाचन आयोगको तर्फबाटै सार्वजनिक गर्ने भएको छ। आफूहरूले सिफारिस गरेका सांसदको सूची आयोगबाटै सार्वजनिक होस् भनेर कुर्ने पार्टीका प्रवक्ता मनिष झाले बताए। निर्वाचन आयोगले यी नामावली रुजु गरेर प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक हुने उनले जानकारी दिए।
प्रवक्ता झाले संसदीय दलको नेता चयनको विषयमा आन्तरिक छलफल भइरहेको भन्दै केन्द्रिय समितिको बैठकबाट टुंगो लगाउने उनले बताए। नेताहरू अस्वस्थ रहेका कारण यो विषय केही दिनपछि मात्र टुंगिने उनले बताए।
