रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

यसअघि शनिबारका लागि तय गरिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो।

बैठकको मुख्य एजेन्डा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली सिफारिस गर्नु रहेको छ।

निर्वाचन आयोगले समानुपातिक सांसदहरूको सूची बुझाउन आजसम्मको समयसीमा तोकेकाले रास्वपाले आजै आफ्नो तर्फबाट नामहरू टुङ्गो लगाउने तयारी गरेको हो।

बैठकमा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्न आवश्यक कानुनी र राजनीतिक कदमका बारेमा समेत विस्तृत छलफल हुने बताइएको छ।

निर्वाचनको अन्तिम नतिजा अनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा प्रभावशाली जित दर्ता गरेको छ।

यस्तै, समानुपातिकतर्फ प्राप्त मतका आधारमा पार्टीले थप ५७ सिट पाउने निश्चित भएको छ।