चुच्चे नक्सा अंकित २ रूपैयाँको सिक्का बजारमा

काठमाडौं ! नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ ।

राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो ।
राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहीनले पनि स्पर्श गरेर सजिलै पहिचान गर्न सक्ने बनाइएको छ । यसका लागि राष्ट्र बैंकले नक्शाको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला राखेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *