राप्रपाले गर्‍यो रेखा थापासहित १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *