रानाथारु समुदायलाई जनगणना सचेतना फैलाउन सांसद राना जनताको घरघरमा (फोटोसहित)

कैलाली। यहि कार्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना हुने रास्ट्रीय जनगणनाको लागि राना थारु समुदायमा जनगणना सचेतना अभुमुखिकरण कार्यक्रम तीब्र रुपले अघि बढेको छ। राना थारु समुदायलाई सरकारले भाषा आयोगमा सूचीकरण गरेपछिको यो समयमा विशेषगरि जनगणनका लागि समुदायमा आउने गणकहरु समक्ष आफ्नो जाती भाषाबारे बताउनुपर्ने वा टिपाउनुपर्ने तथ्यबारे सचेतना अभिमुखिकरण अभियान तीब्र बनेको हो।                        

 

धनगढी उपमहानगरपालिका वडा न.११ स्थित घोडसुवा टोलमा आज बिहान आयोजना गरिएको रानाथारु समुदायको लागि सचेतना अभिमुखी कार्यक्रमको प्रमुख अतिथी रानाथारु समुदायका संरक्षक एवं त्यस क्षेत्रबाट प्रतिनिधिसभाका सांसद नारदमुनी राना,अतिथिमा रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमलसिं राना,युवा समाजसेवी एव सभ्यखवर डट कमका संचालक तिर्थ भट्टराई,समाजसेवी उमेश गिरि लगायत रानाथारु समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।                                            

रानाथारु जातीले यसै बर्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले कैलाली क्षेत्र न.५ का प्रतिनिधिसभा सांसद नारदमुनी रानाको पहलमा रास्ट्रीय भाषामा आफ्नो जातिको भाषाको अभिलेखिकरण गरेर आफ्नो छुट्टै अस्तित्व बनाएको हो।बिगतमा रानाथारु समुदायलाई पनि चौधरी समुदायसगै थारु जातीमा राखिएको थियो।
आफ्नो छुट्टै अस्तित्व रहेको र कैलाली,कंचनपुर जिल्लाका भुमिपुत्रहरुको रुपमा आफ्नो अस्तित्व रहदै आएको जनाएको समुदायले बिगतमा आफ्नो जाती र भाषालाई अलग गर्न प्रयास गरेपनि सम्भव भएको थिएन। रानाथारुहरुको यस जायज आवाजलाई ओली सरकारले उचित सम्बोधन गरेपछि यस समुदायले आफ्नो छुट्टै अस्तित्व पाएको हो।रानाथारु समाजका अगुवा देखि साधारण जनताले भाषा आयोगमा आफ्नो जातिको अस्तित्व सुचिकृत भएपछी ओली सरकारलाई धन्यवाद दिनुका सथै कैलाली- कंचनपुरमा खुसियाली मनाएका थिए।                                        

आउदै गरेको रास्ट्रीय जनगणना कार्यक्रमका लागि कैलाली-कंचनपुरमा रहेका रानाथारु समुदायमा यस समाजका अगुवाहरुले सचेतना अभिमुखी कार्यक्रम तीब्र पारेका छन।आजको कार्यक्रममा जनतालाई सुसुचित गराउदै पुर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले हाम्रो ठूलो प्रयासपछि तत्कालीन ओली सरकारले रानाथारुहरुको आवाज सुनेको बताउनुभयो।बिगतका सरकारले हाम्रो समुदायलाई आश्वासनमात्र दियो,हामिलाई भोट बैकको रुपमा मात्र प्रयोग गर्यो तर ओली सरकारले हाम्रो आवाजलाई सुनेर हाम्रो अस्तित्वलाई सुरक्षित गर्नुको साथै सबैमा हाम्रो छुट्टै पहिचान छ भनी जनतालाई जानकार गराइदियो।यस मानेमा हामीले ओली सरकारलाई धन्यवाद दिनुपर्छ,उहाले भन्नुभयो।आफुहरुले प्राप्त गरेको उपलब्धि एतिहासिक भएकोले आफ्नो समुदायका जनतालाई सुसुचित गर्न म आफै स्वयम् खटिएर तपाईको घर आगनमा पुगेको छु,यस्तो उपलब्धिलाई हामीले उपयोग गर्न सके हाम्रो अस्तित्व अझ झल्किने भन्दै जनगणनामा आफ्नो जाती र भाषा अलग्गै रहेको र भाषा आयोगको विवरण अनुसार आउने गणकहरुलाई टिपाउन आह्वान गर्नुभयो।                                                                      

साथै उक्त कार्यक्रममा रानाथारु समाजका उपाध्यक्ष कमलसिं रानाले रास्ट्रीय जनगणनामा आफ्नो समुदायका सबै सदस्यले सहभागीता जनाउनु पर्ने र आफ्नो अस्तित्व अझ उजागर गर्नुपर्ने बताउनु भयो।साथै उहाले जनगणनामा आफुहरुले गणकलाई कसरी फारम भराउने वा आफ्नो जातिको विवरण टिपाउने भन्नेबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।सचेतना अभिमुखिकरण कैलाली-कंचनपुरका सबै ठाउहरुमा तिब्रताका साथ अघि बढिरहेको पनि उहाँहरुले सभ्य खबरलाई जानकारी दिनुभयो।                              

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sms sharing button

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *