सरकार विरुद्ध रानाथारु समाजको वृहत् विरोध प्रदर्शन : बालुवाटारमा खैलाबैला

काठमाडौं ! भाषा आयोगको निर्णयप्रती असन्तुष्टि जनाउदै रानाथारु समुदायले आज धनगढीमा विरोध सभा गरेका छन। सुदुरपश्चिमको सरकारी कामकाजी भाषाका रुपमा निवर्तमान ओली सरकारले राना थारु भाषालाई कामकाजी भाषाका रुपमा सिफारिस गरेको थियो तर वर्तमान सरकारले उक्त भाषालाई हटाएर डोटेली र थारु भाषालाई मात्र कामकाजी भाषाको रुपमा सिफारिस गरेको छ।         

भाषा आयोग र सरकारको यस्तो निर्णयप्रती रानाथारु समाजले केही दिनदेखी विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ।केही दिन अघि काठमाडौंबाट आयोग उपर विरोध प्रदर्शन गरेको समाजले आज धनगढिमा वृहत् प्रदर्शन गरेको छ।उक्त प्रदर्शनमा कैलाली क्षेत्र न. ५ प्रतिनिधि सभा सदस्य नारदमुनी रानाकोपनी सहभागिता रहेको थियो।

कैलाली र कंचनपुरका रानाथारु समुदायका उल्लेख्य व्यक्तिहरुको सहभागितामा सुरु भएको विरोध सभा धनगढिको ट्राफिक चोकबाट सुरु भइ पार्कमोडमा गएर कोणसभामा परिणत भएको थियो।उक्त सभामा बोल्दै निवर्तमान मन्त्री एवम् प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले,वर्तमान सरकारले जनतालाई दु:ख दिई रहेको वताउनु भयो।आयोग र सरकारप्रती लक्षित गर्दै उहाले भन्नुभयो-`देउवा सरकारले कैलाली र कंचनपुरका राना थारु समुदायलाई अपमान गर्यो! आरजु राणाले म सग चुनाबमा पराजित हुदाको रिस हाम्रो समुदायमाथी पोख्यो,यो राम्रो हैन।´हाम्रो समुदायलाई यसरी उपेक्षित गरिनुले परिणाम राम्रो नदिने भन्दै उहाँले चेतावनी दिनुभयो।

उक्त सभामा रानाथारु समाजका अध्यक्ष कृपाराम राना,उपाध्यक्ष कमलसिंह राना लगायतका अगुवा नेताहरुले सरकारको चर्को विरोध गर्नुभएको थियो।हजारौको संख्यामा उपस्थित यो सभाले देउवा सरकार र भाषा आयोगको निर्णयलाई सच्याउन बाध्य पार्ने जानकारहरुले बताउनु भएको छ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *