राजदूत ढकाल र स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका महानिर्देशक एन्टोन लेइस गार्सियाबिच भेटवार्ता

मेड्रीड ! स्पेनका लागि नेपाली राजदुत डा. शर्मिला पराजुली ढकालले स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकाय (AECID) का महानिर्देशक एन्टोन लेइस गार्सियासँग शिष्टाचार भेट गर्नुभएको छ।

उक्त भेटमा नेपाल र स्पेनबीच रहिआएको प्रगाढसम्बन्धलाई थप मजबूत बनाउन आगामी दिनमा मुख्यरुपले सांस्कृतिक, प्राविधिक, तथा शिक्षा लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ । साथै, भेटमा एईसीआईडीका सांस्कृतिक तथा वैज्ञानिक सम्बन्धका निर्देशक सान्टियागो हेरेरो र कूटनीतिक प्रमुख क्याबिनेटकी मर्सिडिज सान्चेज तथा नियोगबाट द्वितीय सचिव अर्जुन अधिकारी र सहचारी करिस्मा अधिकारी पनि उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *