चार राजदूतद्रारा पद तथा गोपनियताको सपथ

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार नेपाली राजदूतले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा कतारका लागि डा. नरेशविक्रम ढकाल, चीनका लागि विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल र इजरायलका लागि कान्ता रिजाल ले सपथ लिनु भएको हो। केही दिनअघि उहाँहरु संसदीय सुनुवाइबाट अनुमोदित हुनुभएको थियो।

समारोहमा परराष्ट्र मन्त्री डा नारायण खड्का लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *