लगातारको वर्षाका कारण धनगढी बजारक्षेत्र जलमग्न

धनगढी ! हिजो साँझबाट लगातार परेको अविरल वर्षाका कारण धनगढीको मुख्य सडक जलमग्न बनेको छ। केही घण्टा पानी पर्दा जलमग्न हुने धनगढीको यो समस्या यो पटकको बेमौसमी वर्षाका कारणपनि उस्तै देखिएको छ। धनगढीको एलएन चोक लगायत मुख्य सडकहरु पानीको बहावले भरिभराउ देखिएका छन् भने आसपासका खोलानालाहरु बढ्न थालेका छन् । वर्षा रोकिने छाँटकाँट नदेखिएकोले आवस्यक सतर्कता अपनाउन प्रशासनले उर्दि जारी गरेको छ भने डुबानक्षेत्र नजिकका स्थानीयहरु चिन्तित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *