नवनियुक्त भौतिक मन्त्री पाण्डेले गर्नुभयो पदभार ग्रहण

हेटौडा! बागमती प्रदेशका नवनियुक्त भौतिक भौतिक पुर्वाधार विकास मन्त्री केशवराज पाण्डेले बिहिवार आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

भौतिक मन्त्रालयमा मन्त्रालयका सचीव लगायत अन्य कर्मचारी साथीहरू बाट स्वागत सहित पदभार ग्रहण गर्नुभएको हो।

मन्त्री पाण्डेले नवगठित सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि सम्हाल्नु भएको छ ।उहाले उक्त मन्त्रालयमा पनि पदभार ग्रहण गरिसक्नु भएको छ।

मुख्यमन्त्री नियुक्त भएपछी अस्टलक्ष्मी शाक्यले नुवकोटका केशवराज पाण्डे र चितवनका कृष्ण खनाललाइ आफ्नो मन्त्रीमण्डलमा समावेस गर्नुभएको छ।मन्त्री पाण्डे यस अघिका मुख्यमन्त्री डोरमणी पौडेलको टिममा पनि आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो।

कुशल राजनीतिज्ञ,सालिन स्वभाव,निश्पक्ष रहने स्वभावका मन्त्री पाण्डेको निरन्तरताले यो सरकार सफल रहने विश्लेषण आम प्रदेशवासीले गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *