बागमती प्रदेशका लोकप्रिय मन्त्री दावा लामाको भयो भब्य बिदाई

हेटौंडा। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका मन्त्री दावा दोर्जे लामालाई आज प्रदेश मन्त्रालयमा विदाई  गरिएको  छ । मूख्यमन्त्री परिवर्तन भएसंगै मन्त्री लामाको पद पनि गएको थियो । अवको कृषि मन्त्री को बन्छ भन्ने प्रतिक्षाको विषय भएको छ । अहिले मूख्य मन्त्रीले नै कृषि मन्त्रालय राखेकी छन् । दावा दोर्जे लामा झण्डै साढे ३ वर्षदेखि कृषि मन्त्रीको रुपमा रहेका थिए ।                                                                                       

 

मन्त्री लामाले प्रदेश कृषि मन्त्री रहदा धेरै लोकप्रिय कामहरु गरेका छन। लोकप्रिय मन्त्रीको बिदाईसगै अब आउने मन्त्री उनी जस्तै प्रगतिशील होस भन्ने प्रदेशबासीको चाहना रहेको छ ।आफू पदमा हुदा कुनै प्रकारको विवादमा नफसेका र जनताको काममा रातदिन खटेका मन्त्रीलाई प्रदेशकै सफल मन्त्रीको रुपमा हेरिएको छ। उनको पालामा बसेका थिती र कृषि क्षेत्रको योगदानलाइ अब आउने मन्त्रीले निरंतरता दिए बागमती प्रदेशले ठूलो कृषि क्रान्ती गर्नेछ। मिजासिला,प्रस्ट स्वभाव,पारदर्शी मन्त्रीसग काम गर्न पाउँदा निजामती कर्मचारी पनि अधिकाङ्स खुसी थिए। मन्त्री लामाको बिदाईमा अधिकाङ्स कर्मचारीहरु भावुक बनेका थिए।लामो समय मन्त्रालयको अभिभावक रहेर अभिभावकत्व प्रदान गर्ने मन्त्री लामाको अभाव खड्किरहने कुरा त्यहाका कर्मचारीहरुले गुनगुनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *