प्रतिनिधि सभा, विकास तथा प्रविधि समिति र शहरी विकास मन्त्रालय विच अन्तरक्रिया सम्पन्न

काठमाडौं ! प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति र शहरी विकास मन्त्रालय विच एकीकृत नमूना बस्ती, नयाँ शहर, मेगा सिटी, स्मार्ट सिटी लगायतका विषयमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाले कोषले शहरी पूर्वाधार विकासका क्षेत्रमा गरेको कार्यहरुको जानकारी गराउँदै कोषलाई शहरी पूर्वाधार विकास निगममा रुपान्तरणका लागि तयार गरिएको शहरी पूर्वाधार विकास निगम, ऐनको मस्यौदा माथि समेत प्रस्तुतीकरण गर्नुभयो ।

कार्यकारी निर्देशकबाट कोषले हरित जलवायु कोष (Green Climate Fund-GCF) को स्रोत परिचालन गर्नेगरी तयार गरिएको काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात प्रणालीको रुपान्तरणकारी आयोजना विद्युतिय वस (Electrical Bus Rapid Transit-eBRT) को अवधारणापत्रमा समेत प्रस्तुतीकरण भएको थियो ।

प्रतिनिधि सभा, विकास तथा प्रविधि समिति र शहरी विकास मन्त्रालय विच भएको यस महत्वपूर्ण अन्तरक्रियात्मक कार्यक्रमबाट शहरी पूर्वाधार विकास निगममा रुपान्तरणको प्रक्रियाले गति प्राप्त गर्नुका साथै Green Climate Fund-GCF को स्रोत परिचालनमा समेत महत्वपूर्ण सहयोग हुने कोषबाट अपेक्षा गरिएको छ ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *