नगर विकास कोषका प्राविधिक एवं व्यवस्थापन तहका कर्मचारीहरुलाई “Climate Resilient and Sustainable Urban Infrastructures” विषयक तालिम सम्पन्न

काठमाडौं ! जलवायु अनुकुलन तथा न्यूनिकरणका आयोजनाहरुको तयारी तथा विकासमा कोषको आन्तरिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले स्थानीय तह र नगर विकास कोषको वित्तीय क्षमता अभिबृद्धिका लागि युरोपियन युनियन EU) को सहयोगमा नगर विकास कोषबाट संचालित नगरपालिकाहरुको वित्त क्षमता विकास कार्यक्रम (MFCB) अन्तर्गत नगर विकास कोषका प्राविधिक एवं व्यवस्थापन तहका कर्मचारीहरुलाई ४ दिने “Climate Resilient and Sustainable Urban Infrastructure” विषय तालिम MFCB कार्यक्रम अन्तर्गतका Climate Change/Carbon Expert डा. अशोक पोखरेल ज्यूबाट सम्पन्न गरिएको छ ।

सहभागि कोषका कर्मचारीलाई मिति २०७८ पौष १८ गते कोष सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्नुहुने सहसचिव श्री ईश्वरी प्रसाद अर्यालज्यूले प्रमाण पत्र वितरण गर्दै यस किसिमको तालिमले Green Climate (GCF) को स्रोत परिचालनका लागि कोषको आन्तरिक क्षमता अभिबृद्धिका साथसाथै स्थानीय तहलाई समेत जनवायु अनुकुलित विकासका संरचनाहरुको तयारी तथा विकासमा सहयोग पुग्ने धारणा राख्नु भयो ।

कार्यक्रममा कोषको कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटाज्यूले कोष Green Climate Fund (GCF) वाट मान्यता -Accreditation) प्राप्त गर्ने प्रक्रियामा रहेसंगै जलवायु अनुकुलन तथा न्यूनिकरणका आयोजनाहरुको तयारी तथा विकासमा कोषको आन्तरिक क्षमता अभिबृद्धि गर्न तथा स्थानीय तहहरुबाट प्रस्तावित आयोजनाहरुको छनौट तथा प्राथमिकरणमा समेत यस किसिमको तालिम महत्वपूर्ण र फलदायी हुने धारणा राख्नु भयो ।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *